२०८१ आश्विन १२ , शनिवार

भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको साधारण सभा सम्पन्न

शिशिर पौडेल/ पोखरा  । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा वि वाटुलेचौरमा अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्था भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको १७ औं साधारणसभा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

 

मञ्चले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा १६ र १९ मा निर्वाचीत जनप्रतिनिधिलाई स्वागत गरेको छ भने निवर्तमान जनप्रतिनिधिलाई विदाई गरेको छ । उनिहरूलाई मञ्चका संस्थापक नरहरि भट्टराई , अध्यक्ष हरि वरूबाल, विद्यालयका अध्यक्ष चन्द्रा अधिकारी थापा लगायतले मञ्चको लोगो अंकित टोपि लगाई दिएका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिक्षाविद् भट्टराईले गुणस्तरीय शिक्षाका लागि मञ्चको भुमिका अव्वल रहेको वताए । निवर्तमान वडाध्यक्ष जीवन प्रसाद आचार्यले पोखराकै पुरानो विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनिय रूपमा फड्को मारि गौरवमय ईतिहास कायम गरेको वताए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा भुपु विद्यार्थीको योगदान अतुलनीय रहेको वताए । मञ्चका अध्यक्ष हरि वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामचन्द आचार्य, पुर्व अध्यक्ष सुवासबाबू अधिकारी , मुक्तिनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन थापा,मञ्चका सदस्य सिर्जना थापा लगायतले मञ्चले गरेका कार्यको प्रशंसा गरेका थिए । कवि नारायण वास्तोलाले साहित्यििक रचना वाचन गरेका कार्यक्रमको संचालन सचिव भिम गायकले गरेका थिए ।