सुनाखरी न्युज/ काठमाडौं । भारतीय अटोमोबाइलकम्पनी टाटा मोटर्सका गाडीहरूले यतिबेलानयाँउचाई पाइरहेको छ। विभिन्नश्रेणीमाकम्पनीको विभिन्नमोडलहरूले ख्यातिकमाइरहेको छ। टाटा मोटर्सको ह्याचब्यागदेखि एसयुभीसम्मले प्रतिस्पर्धात्मकबजार पाइरहेको छ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिहो। यसले कम्पनीको बजार विस्तारमादमदार प्रस्तुतिदिइरहेको छ। बजार विस्तारका हरेक खण्डमा सिप्रदीअग्रपन्थीमा रहेको छ। सिप्रदीका अनुसार टाटाको विभिन्नमोडलमध्ये टियागो विशेष रुपमाकर्पोरेट क्षेत्रमा रुचाइएको छ। यो ह्याचब्याग सुरक्षितहुनुका साथै आकर्षक र आरामदायीपनि छ। हुन पनि ह्याचब्यागमध्ये टाटाको टियागोले बजारमा राम्रो बजार हिस्सा ओगटेको छ। कम्पनीकाअनुसार मासिकहिसाबमा समेत टियागोको बिक्रीदर उल्लेखनीय रूपमा बढीरहेको छ।
टाटा मोटर्सले टियागो निर्माणको समयमा गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र हेरेको छैन। कम्पनीले गाडीलाई सुरक्षितबनाएको छ भने ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमाविशेष जोड दिएको छ। त्यस्तै, टियागो बजेटमैत्री छ भने ग्राहकहरूले उच्च सर्भिस अनुभवगर्न पाउँछन्। धेरैले टियागोलाई आफ्नो पहिलो कारको रूपमापनिलिइरहेका हुन्छन्। टियागोले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको छ। यसै सन्दर्भमाहिमालयन बैंक लिमिटेडको आइटीका सहायक प्रबन्धक मनोज राजकर्निकार भन्छन्, ‘गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन एक प्रकारको विश्वास दिएको छ। म टियागोमाउत्तम ड्राइभिङ्ग अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सक्छु।’
टाटा मोटर्सले टियागोमा सुरक्षाको लागि डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याकगर्दा पछाडि के छ भनेर हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ्ग स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोकाखुल्दैन), डिफगरसहितको रिअर वास वाइपर, १५ इन्चको अलोय ह्विललगायतकाविशेषताहरू समावेश गरेको छ। त्यस्तै, गाडीमा पंचर रिपेयर किट पनि राखिएको छ। बैंकको आइटी सहायक प्रबन्धक मनोजलाई गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनिलोभ्याएको बताउँछन्। उनले गाडीमा भएको म्युजिक सिस्टम निकै राम्रो लागेको बताए।
टियागोमा ८ वटा स्पिकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमागीतअथवाअन्य अडियो सुन्न सक्छन्। आइएमई लाइफकापोखरा क्लस्टर प्रमुख कृष्ण पौडेल पनि टियागोमाभएको ब्लुटुथ म्युजिकदेखि सन्तुष्ट छन्। उनीआफूलाई यो फिचरसँगै स्टेरिङबाटै फोन उठाउन सक्ने प्रविधिपनिमनपर्ने बताउँछन्। ‘अझ टियागो एक पर्फेक्ट फ्यामिली गाडी हो। बच्चाहरूको सुरक्षाको लागियसमाभएको चाइल्ड लक सिस्टम पनिनिकै राम्रो छ,’ आइएमई लाइफका क्लस्टर प्रमुख कृष्णले भने। नेपाल एसबिआई बैंक दाङका शाखा प्रबन्धक सञ्जीव ढुङ्गेल पनि टाटा टियागो पारिवारिक गाडी रहेको बताउँछन्। उनलाईपनि गाडीमा भएको सुरक्षाविशेषताहरू मनपरेको बताउँदै भने, ‘टियागो निकै सुरक्षित छ। यसमाभएको पार्किङ सेन्सरले गाडी पार्क गर्न पनि मद्दत मिल्छ। सिटहरू पनिआरामदायी छन् भने आन्तरिक स्पेस पनिखुला र पर्याप्त छ।’’
यसबाहेक आफूलाई टियागोले दिने माइलेज सन्तोषजनक रहेको उनी बताउँछन्। टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ भने प्रतिलिटर यसले २० किलोमिटरसम्मको माइलेज दिन्छ। प्रभु बैंक झापाकाशाखाप्रबन्धकउपेन्द्र नेपाल १२०० सिसीको कारमध्ये टाटा टियागो निकै अब्बल र राजमार्गहरूको लागि समेत उपयुक्त रहेको बताउँछन्। ‘टाटा टियागोमाउपभोक्ताले चाहके विशेषताहरू छन्। १२०० सिसीक्षमतामायत्तिको गाडी हुनु भनेको तारिफयोग्य छ। माइलेज बढी दिनुका साथै टियागोको ग्राउन्ड क्लेरेन्स पनितुलनात्मक रूपमा राम्रो छ।’
टाटा टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २४०० एमएमह्विलबेस छ। यसमा ११९९ सिसी डिस्प्लेसमेन्ट दिइएको छ भने १.२ लिटर रिपोट्रोन, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ। यो इन्जिनले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएमटर्क जेनेरेट गर्छ। टियागो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमाउपलब्ध छ। सानिमा बैंक लि.काइन्टर्नल अडिट उप–प्रमुख सबिता ढकालको पहिलो रोजाइपनि टाटा टियागो हो। उनलाईकारण सोध्दा गाडीमा बढी ग्राउन्ड क्लेरेन्स भएको, ड्राइभिङ अनुभवपनि सहजभएको र यसको डिजाइन पनि राम्रो भएको बताउँछिन्।
उनी भन्छिन्, ‘टियागोमागियर सिफ्टिङ पनि सहज छ। स्टेरिङ कन्ट्रोल समेत आरामले गर्न सकिन्छ।
त्यसैले टियागो मेरो रोजाइको गाडी हो।’यतानबिल बैंककाक्रेडिट प्रशासनकाप्रमुख रबिन बरिया टियागोको आन्तरिक विशेषता आकर्षक लागेको बताउँछन्। ‘टियागोको आन्तरिक डिजाइन प्रिमियम छ,’ उनले भने। टियागोको ड्यासबोर्ड डुअल टोनमा छ। भित्रयात्रु तथा चालकको लागि पर्याप्त ठाउँ दिइएको छ। ड्राइभर सिटपनिआफू अनुकुलमिलाउन सकिन्छ। गाडीको अगाडि भागका सिटहरूमा हेडरेस्ट छ। त्यस्तै, यसमा कुल्ड ग्लोबबक्स र बीचमा कपहोल्डर पनि छ।
नबिल बैंककाक्रेडिट प्रशासनका प्रमुख रबिनका अनुसार टियागोमा भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ७इन्चको इनफोटेनमेन्ट स्क्रिनले पनि गाडी चलाउँदा सहजता मिल्छ। यसमाएप्पलकार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषतापनि समावेश गरिएको छ। यसबाहेक टियागोमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू पनिपाउन सकिन्छ। टियागोको डिकी क्षमताभने २४२ लिटरको छ। टाटा टियागो यसै ग्राहकहरूको रोजाईको गाडी बनेको भने पक्कै होइन। उहाँहरूले गाडी किन्नखर्चेको रकमबापतको सेवा टियागोमाअनुभवगर्न सक्छन्। त्यसैले पनि टियागो किफायतीवाभनौं बजेट–मैत्री गाडीको रूपमा लिइन्छ।
टाटा पेसेन्जर भेइकलबिजनेस युनिटका सेल्स तथामार्केटिङका प्रमुख शावन्तजंगसिजापतिका अनुसार पनिग्राहकहरूको रोजाइ विशेषतयाः सुरक्षित सावरीतर्फ रहेको बताउँछन। उनले टियागो सुरक्षित गाडी भएकाले धेरै ग्राहकहरू यसमाआकर्षित भएको बताए।‘आकारको हिसाबमापनि चिटिक्क परेको टियागो विशेष कर्पोरेट क्षेत्रकाग्राहकहरूको रोजाइमा परिरहेको छ। कर्पोरेट क्षेत्रकाव्यक्तिहरूआफ्नो र परिवार सुरक्षामा बढी संवेदनशील हुन्छन्। त्यसैले पनि यो क्षेत्रको ग्राहक बढी भएकाहुन्,’उनले भने। यसबाहेक ग्राहकहरूले लगानी गरेको कुनै पनि क्षेत्रबाट आफूले खोजे जत्तिकै सुविधा खोज्ने हुँदा टियागो उपयुक्तहुने सिजापतिले बताए। उनले भने, ‘भ्याल्यू फर मनीखोज्ने ग्राहकहरूको लागिपनि टियागो उपयुक्त छ। त्यस्तै, गाडी खरिद पछि टाटाले दिने सर्भिस सुविधाहरू पनि छिटो र किफायती छ।’
नेपालीबजारमा टाटाको टियागो एक्सई, एक्सटी, एक्सजेड, एक्सजेडए, एक्सजेड प्लस र एक्सजेडए भेरियन्टमा उपलब्ध छ। ग्राहकहरूले रातो, निलो, सेतो र ग्रे गरी चार विभिन्न रंगमध्ये आफूलाई मनपर्ने रंगमा टियागो खरिद गर्न सक्छन्। टाटा मोटर्सले आफ्नो ७५ वर्षदेखि चलिआएको विरासतविस्तार गर्दै सम्हालिरहेको छ। यसले आन्तरिक र बाह्यबजारमा समेत निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।