२०८१ आश्विन १२ , शनिवार

चट्याङ लागेर एकको मृत्यु

सुनाखरी न्युज/ नवलपरासी (पूर्व)

 

मध्यबिन्दु नगरपालिका-६ भण्डारा बस्ने ६० वर्षीय डिल्लिराम थारुको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

 

 

आफ्नो घर नजिकको बारीबाट घर फर्कने क्रममा वर्षासंगै आएको चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मध्यबिन्दु डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।