२०८१ आश्विन १२ , शनिवार

सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन महानगरपालिकाले केमिकल छर्कदै

सुनाखरी न्युज/ काठमाडौं –

उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ ।

 

सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

 

सिसडोलबासीसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर बालेन साहले तत्कालका लागि दुर्गन्ध नफैलियोस भनेर केमिकल प्रयोग गरेर फोहोरमा केमिकल छर्किन थालेको हो ।