२०८१ मंसिर ९ , आइतवार

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, यस्तोभयो जनप्रतिनिधिहरूसँग सहमति (सहमतिपत्रसहित)

सुनाखरी न्युज /काठमाडौं । काठमाडौं महानगरपालिकामा थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसै गरी ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।

भोलि ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिए । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।