२०८१ आश्विन १२ , शनिवार

कोरोनाको कहरमा काम गरेकाहरु उप राष्ट्रपति नन्द बहादुर पुनबाट सम्मानित

सुनाखरी न्युज /काठमाडौं । वल्र्ड बुक अफ रेकर्डस्ले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ ।

 

सम्माननीय उप राष्ट्रपति नन्द बहादुर पुनज्यूको प्रमुख आतिथ्यतामा उप राष्ट्रपतिको कार्यालय, हरित भवन, लैनचौरमा सम्पन्न कार्यक्रममा नेपाल वायुसेवा निगमका सिनियर पाइलट, समाजसेवी विजय लामा, लाययन्सका पूर्व डिस्ट्रिक्ट गर्भनर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, लायन कर्मा गुरुङ, डिस्ट्रिक्ट गर्भनर, ३२५ ई, प्रहरी बल, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छि माया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ बाट विभूषितबाट वल्र्ड बुक अफ रेकर्डसले सम्मान गरेको छ ।

 

वल्र्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कट्वाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मा लगायतको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रलाई आवश्यकता परेको बेलामा अघि सरेर योगदान दिनुभएकोमा सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।