२०८१ पुष ७ , आइतवार

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

सुनाखरी न्युज /काठमाडौं । नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मलप्रदान गरेको छ । जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुर स्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका दुई सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो ।

 

मञ्चले तीलगंगामहिला बहुउद्देश्य संस्था लिमिटेडको समन्वयमादुई सय जनामहिलाकिसानलाई जनही २५ किलोग्रामअर्गानिककम्पोस्ट वितरण गरेको हो । कम्पोष्ट मलवितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मलबनाउने तरिकापनिसिकाइएको थियो । कम्पोष्ट मलवितरण गर्दै महिला नेतृत्वमञ्चकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउनअति नै आवश्यक रहेको बताइन् । किसानकालागि हरेक दिनबातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायीमुखी बनाउनुपर्नेमा पनि उनले जोड दिइन् । बातावरण स्वच्छ नभएसम्म मानिसहरु पनि स्वस्थ रहननसक्ने भन्दै उनले बातावरण स्वच्छ राख्नपनि सबैको भूमिका महत्वपूर्ण हुने बताइन् ।

 

कार्यक्रममा डा. आनन्दशोभा ताम्राकारले महिला कृषकलाई कम्पोष्ट मलबनाउने तरिकाबारे जानकारी गराइन् । सोहीकार्यक्रममा नेपालबंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसानक्रेडिट कार्ड पनिउपलब्ध गराइएको थियो । कार्यक्रममा महिला नेतृत्वफोरमका सदस्यहरु सुनितान्हेमाफुकी, मञ्जु शर्मा, कल्पनाश्रेष्ठ, नेपालबंगलादेश बैंकका उपमहाप्रबन्धक सहितका प्रतिनिधिहरु सहभागीथिए । यस वर्षको विश्ववातावरण दिवसको नारा ‘वन्लीवान अर्थ’ रहेको छ ।