२०८१ पुष १३ , शनिवार

सेञ्चुरी बैंकको डबल धमाकामुद्धती खाता

सुनाखरी न्युज/ काठमाडौं –

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहक वर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरीडबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन ।

 

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम रु. १०,००० मानै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्टनिःशुल्क उपलब्ध गराएको छ ।साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋण पनि लिन सकिनेछ ।यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

 

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस खाता सम्बन्धि थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।