२०८१ आश्विन १२ , शनिवार

खुम्बुबाट काठमाण्डौँ फर्किने यात्रु बढेसँगै लुक्लामा हवाई टिकट पाउन मुस्किल

सुनाखरी न्युज/ सोलुखुम्बु –

नागरिक उड्ययन प्राधिकरण लुक्लाका अनुसार सोलुखुम्बुको खुम्बु क्षेत्रबाट काठमाण्डौँ फर्किने यात्रु बढेसँगै लुक्लामा हवाई टिकट पाउन मुस्किल पर्न थालेको छ ।

 

खुम्बु भ्रमणमा आएका पर्यटकहरु सिजन सकिएसँगै फर्किने क्रम बढ्दा टिकटमा चाप बढेको विमान कम्पनीहरुले जनाएको छ । अहिले हवाई मार्फत काठमाण्डौबाट लुक्ला आउने यात्रुहरुमा अधिकांश फर्किने पर्यटकहरु रहेका कारण टिकट काउन्टरहरुमा चाप बढेको हो ।

 

काठमाण्डौँबाट आउँने यात्रु घटेसँगै विमान कम्पनीहरुले हवाई उडान घटाउँदा टिकट पाउन समस्या भएको कम्पनिहरुको भनाई छ । काठमाण्डौँबाट आउने विमानमा लोड नहुँदा कम्पनीले उडान संख्या घटाउँदा टिकटमा चाप बढेको तारा एयरलाईन्स लुक्लाका स्टेशन इन्चार्ज अमित मगरले बताउँनुभयो ।

 

उनका अनुसार ४ दिन देखि मौसम प्रतिकुलताका कारण उडान नहुँदा काठमाडौ फर्किने यात्रुहरुलाई समस्या भएको बताइन्छ ।