२०८१ आश्विन ५ , शनिवार

‘कबड्डी ४’ ले कमायो अस्ट्रेलियामा एक करोड ग्रस

सुनाखरी न्युज/ काठमाडौं –

‘कबड्डी ४’ले नेपाली डायस्पोरामा कीर्तिमानी कमाइ गरेको छ । प्रदर्शनको नौ दिनमा फिल्मले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कमाएको छ ।

 

‘जात्रैजात्रा’को कमाइलाई पनि दयाहाङ राई स्टारर फिल्मले उछिनेको छ । यो कमाइ कुनै नेपाली फिल्मले अस्ट्रेलियामा मात्र नभएर डायस्पोरा बक्स अफिसमा बटुलेको उच्च रकम हो । नौ दिनमा ८ हजार नेपालीले फिल्म हेरेको र जुन २९ तारिखसम्म नियमित प्रदर्शन हुने जनाइएको छ ।

 

इभेन्ट, रिडिङ, हुट्स, न्यु फार्म, भिलेज, रिजेन्ट, चाइनाटाउन, मर्करी र लाइमलाइट सिनेमाज् मल्टिप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ । २९ तारिखसम्म फिल्मको कुल कमाइ डेढ करोड रुपैयाँ ग्रसमाथि हुने वितरक रोशन भट्टराई र विनोद पौडेलले बताए ।

 

अहिले दैनिक ३ देखि ४ शो प्रदर्शन भइरहेको छ भने टिकट दर ३० डलर छ । नेपालसहित अस्ट्रेलियामा जेठ १३ गते फिल्म एकसाथ प्रदर्शनमा आएको हो । अस्ट्रेलिया नेपाली फिल्मको सबैभन्दा ठूलो बजार हो ।