२०८१ आश्विन १२ , शनिवार

इम्बोस्ड नम्बर प्लेटबारेको सूचनामा यातायात व्यवस्था विभागद्वारा क्षमायाचना (विज्ञप्ति)

सुनाखरी न्युज/ काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा नागरिकमा पर्याप्त सूचना पुर्याउन नसकेको भन्दै क्षमायाचना गरेको छ ।

 

मंगलबार सूचना निकालेर विभागले २० गते निकालिएको सूचनाले आम सेवाग्राहीमा पर्न गर्नको द्वविधा र त्यसबाट उत्पन्न असुविधाप्रति क्षमायचना गरेको हो । विभागका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा आगामी साउन १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएका सवारीमा त्यस्तो नम्बर प्लेट भए/नभएको अनुगमन गरिने जनाइएको छ ।

 

२०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सार्वजनिक, पर्यटक निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख गरिएको थियो ।