२०८१ पुष २७ , शनिवार

पुँजी बजारको समस्या समाधन गर्न ४ सदस्यीय समिति गठन

सुनाखरी न्युज/ काठमाडौं । पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । नेपाल धितोपत्र बोर्डको ३० औ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो समितिमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति बनाएको उनले बताए ।

 

अर्थमन्त्री शर्माले उक्त सुझाव समितिले दिएको सुझावका आधारमा आगामी दिनमा अर्थ मन्त्रालय अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए । बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारको विकासमा अगाडि बढेको बताउँदै त्यसमा अर्थ मन्त्रालयको समेत साथ रहेको बताए । उनले नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना बनाउने दिशामा अगाडि बढ्न निर्देशन दिँदै त्यसको लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिए ।

उनले लगानीकर्ताको हित संरक्षणको लागि नियामकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै स्वचालित कारोबार प्रणालीलाई अझै विश्वसनीय बनाउनुपर्ने उनले बताए । मौद्रिक नीतिमा ४–१२ करोडको क्याप लगायतका विषयमा यथोचित सम्बोधन गर्नुपर्छ भन्नेमा आफू रहेको बताउँदै अर्थमन्त्री शर्माले ब्रोकर मार्फत मार्जिन लेन्डिङको लागि आवश्यक कार्यहरु यथाशिघ्र गर्न निर्देशन दिए । बजारमा देखिएको इन्साइडर ट्रेडिङ, सर्कुलर टे«डिङ, पम्पिङ एन्ड डम्पिङको समस्या समाधान गर्न सबैले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।