२०८१ पुष १३ , शनिवार

प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवल बिच आकर्षक छुट गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का बिच र दियालो फुडल्याण्ड बुटवल प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवल प्रा.लि. विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले दियालो फुडल्याण्ड बुटवल प्रा.लि.द्धारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा “फुड” मा १५ प्रतिशत र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उतm सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवल प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवल प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।