सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमाआधारित कृषि प्रणालीमा कर्जा लगानीगर्नको लागि विन्ड पावर नेपालप्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त समझदारी पत्रबमोजिम बैंकले विन्ड पावर नेपालप्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीदगर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादनचक्र छिटो छ र उत्पादितवस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ । एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ ।
यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवा वशेषइन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पु¥याउँदै आएको छ । बैंकले दिगो बैंकिङ्गमा अग्रणी बैंकको रूपमाआफुलाईथप सुदृढ गर्दै IFC कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानीकार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।
एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गदै आइरहेको छ ।