सुनाखरी न्युज/ काठमाडौं –
आइसिसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ। नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो। नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रनको योगादन गरे। बलिङमा मलेसियाकी नूर समादले २ विकेट लिइन्। ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो। मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन्।
अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले २ विकेट लिइन्। यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ। नेपालले पाँचमध्ये तीन खेल जित्दा दुई खेलमा हार बेहोर्यो। नेपाललाई थाइल्यान्डले ४९ रन र युएईले १० विकेटले पराजित गरे। अन्तिम खेलमा मलेसियालाई हराएको नेपालले पहिलो खेलमा तारलाई ७९ रनले पराजित गरेको थियो। यस्तै भुटानमाथि ४ विकेटले जित निकालेको थियो।