२०८१ मंसिर १३ , बिहिवार

चौधरी समूह अटोमोबाइल बजारमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा नेटा विद्युतीय गाडी सार्वजनिक गरेसँग व्यवसायीक घराना चौधरी समूह पनि अटोमोबाइलस् बजारमा प्रवेश गरेको छ । सिजि मोर्टस्ले चिनियाँ कार उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको नेटा ब्रान्डको गाडी बुधबार सार्वजनिक गरेको हो ।

 

४०७० एमएम लम्बाई चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको यो गाडी उत्कृष्ट फिचरका दिइएको छ । टाटा नेक्सन भन्दा कम मूल्य सहित नेपालमा विक्री वितरण हुन लागेको नेटामा ३८ किलोवाट हावरको व्याट्री उपलब्ध हुने छ । दुबै साइडमा चार्जिङ पोर्ट दिइएको यो गाडीमा स्लो चार्ज र फास्ट चार्जिङ अप्सनमा आएको छ ।

 

यस्ता छन फिचर ?

त्यसैगरी, यो गाडीमा आकर्षक इन्टेरियर दिइएको छ । भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वीले स्पोर्टस स्टेरिङ ह्वील लगायतका भित्रि फिचर रहेको छ ।

 

त्यसैगरी, दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध हुने नेटा भिमा नेटा भी स्ट्यान्डर अप्सन रहने कम्पनीले जनाएको छ । यो गाडीले अधिकतम १ सय ६० एनएम टर्क जेनेरेट गर्छ । १४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन, सिट क्षमता– ५ लगायतका बिशेषता छन् ।

 

७० किलोवाटको मोटर यो गाडीमा दिइएको छ । यसले फुल चार्जमा ४ सय किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । कम्पनीले नेपाली बजारमा ल्याएकाे यो गाडीको मूल्य ३८ लाख तोकेको छ ।