२०८१ आश्विन १२ , शनिवार

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनाखरी न्युज/ बाग्लुङ  –

दुई दिन देखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।

 

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ ।

 

गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस