२०८१ पुष १० , बुधवार

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन

सुनाखरी न्युज/ काठमाडौं –

भि–२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । बुधबार भएको उक्त विमान दुर्घटनामा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।

 

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। ‘म ग्लेमिस क्यालिफोर्नियामा भि–२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु ।

 

विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन’ प्रवक्ताले सो कुरा बताएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । लिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले जनाएको छ ।

 

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ । एजेन्सी