२०८१ पुष २७ , शनिवार

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ ‘विनिमय दर’ हालसम्मकै बलियो बनेको छ।

 

आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २४ रुपैया ६८ पैसा तोकेको छरु। यसअघि गत जेठ ६ मा डलर भाउ १ सय २४ रुपैया ६७ रुपैयाँ पुगेको थियोरु। पछिल्ला दिनमा लगातार बढेर आज नयाँ उचाइमा पुगेको होरु। गत असारको तुलनामा चैतसम्म डलरसँग रुपैयाँ दुई दशमलब चार प्रतिशतले कमजोर भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

 

पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छरु। सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियोरु। विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढ्दै गएको होरु। केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रासम्म आइपुगेको अर्थविद बताउछन ।