२०८१ मंसिर १३ , बिहिवार

विन्ध्यावासिनी हाइड्रोपावरको आईपीओमा १६ गुणा बढी आवेदन

सुनाखरी न्युज/ काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन (जेठ २५ गते) सम्म १६ गुणाभन्दा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

 

यो कमपनीले गत जेठ २० गतेदेखि अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन खुला गरिएको थियो। कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

 

सीडीएससीका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा १८ लाख ४५ हजार ६७ आवेदकबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। यो मागभन्दा १६.०७ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।