२०८१ मंसिर ८ , शनिवार

आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा राष्ट्रिय सम्मेलन हुने

सुनाखरी न्युज/ काठमाडौं । आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भक्तपुरमा दुईदिने राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन जेठ २९ र ३० गते हुनेछ ।

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा सम्मेलन हुन लागेको हो । कलेजका प्राचार्य रुपक जोशीले दुैव दिन सम्मेलन बिहानदेखि बेलुकीसम्मै दिनभर हुने बताए । सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने प्राचार्य जोशीले जनाए । दोश्रो दिन भने चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोश्रो दुवै दिन कि नोट स्पिकर रहने जनाइएको छ । पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रबुकुमार गौतम र डा रामकुमार फुयाल र दोश्रो दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने जनाइएको छ । सम्मेलनमा ४० जना भन्दा वढीको प्रस्तुति रहने जनाइएको छ ।

 

कार्यक्रमको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम रहेको छ । उदघाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरु, कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतका अतिथिहरु रहने जनाइयो । कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, कार्यक्रम संयोजक सुनिल दुवाल, कमिनिका न्याइच्याईलगायतले पनि बोल्ने कार्यक्रम रहेको छ ।