२०८१ आश्विन १२ , शनिवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरीनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

 

निगमले यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।आज फेरि प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

 

अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत राखिएको निगमले जनाएको छ ।