२०८१ पुष ८ , सोमवार

नेपाल आइस हेमजा गोल्डकपको तयारी अन्तिम चरणमा

गोविन्द तिमिल्सिना / हेमजा । हेमजा युनाइटेड क्लवद्धारा आयोजित “छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप २०७९ नकआउट फुटबल प्रतियोगिता ”को तयारी अन्तिम चरणमा पुगेको छ । बिहिवार आयोजित पत्रकार भेटधाट कार्यक्रम मार्फत तयारी अन्तिम चरणमा पुगेको जानकारी गाराइएको हो ।

 

प्रतियोगिता आगामी असार ४ गतेदेखि गौरीशंकर खेल मैदानमा सञ्चालन हुँदैछ । कार्यक्रममा आयोजकले “छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप २०७९ नकआउट फुटबल प्रतियोगिता ” को खेल तालिका सार्वजानिक गरेको छ । नेपाल आईसले प्रतियोगिता प्रायोजन गरेकोले शुभकामना गोल्डकपको नाम परिर्वतन भएको आयोजकले जानाएको छ । प्रतियोगितामा विभागिय क्लब खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च ब्वाईज क्लब काठमाडौं, कालिका स्पोर्टस एकेडेमी, एभेनिर एफसी डाउला क्यामरुन, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए ।

 

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँचसय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगिताबाट बचेको रकम एकेडेमी तथा गौरी शंकर खेलमैदान निर्माण तथा स्तरोन्नतीका लागी खर्च गरिने छ ।