सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयर बीचकुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदानगरिने सेवाहरुमाविशेष छुट प्रदानगर्ने समझदारी भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकमहानुभावहरुले सो डेन्टल केयरबाट सेवालिएवापतकुनै पनिभुक्तानीकुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्यदन्त सेवामा१५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्तगर्न सकिनेछ। यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवाप्राप्तगर्नुका साथै अधिकतमलाभ समेत प्राप्तगर्न सकिनेमाबैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमाअझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।