२०८१ मंसिर १३ , बिहिवार

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज

सुनाखरी न्युज/ काठमाडौं –

कोरोना भाइरसविरुद्धको दुई मात्रा (डोज) खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज लगाउन थालिएको छ ।

 

पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आजदेखि बुस्टर डोज लगाउन थालिएको हो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने जनाइएको छ ।

 

मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।