सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको हो । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.६४ अंकले घटेर २ हजार ४८ दशमलव १६ बिन्दुमा पुगेको हो ।
आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज ८९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै, आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा ग्रीन भेञ्चर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । ग्रीन भेञ्चर लिमिटेडको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८२९.६० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २७१.२० रुपैयाँ पुगेको छ । त्यस्तै, आज सामुदायिक लघुवित्त वित्तीय संस्था र युनलिभर नेवपाल कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ५ करोड ५ लाख भन्दा बढीको कारोबार भएको छ ।