सुनाखरी न्युज/ काठमाडौं –
भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो महत्वपूर्ण शोरुम भैरहवाको पद्सारी स्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्सप्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ।
टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रा.लि.ले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटनबाट शुरुगरेको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रा.लि. को प्रतिबद्घता अनुसार आफ्नो सजांल नेपालभरि फैलाउने क्रममा उक्तसेवा सुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ ।
टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधा जनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ। टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिपकर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदानगरिनेछ । विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती,विभिन्न विभागका प्रतिनिधिको स्वागत र एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेले गर्नु भयो ।
उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधाहुनेछ। सिप्रदीका अन्य सेवा सुबिधा का साथै कुनै सुझाब भएमा टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिनेछ।