२०८१ मंसिर ६ , बिहिवार

फोहोर मुक्त काठमाडौ महानगरपालिका, भए मुक्त सिसडोल

अशोका तिवारी – नीति किन चाहिन्छ, नियम किन बनाउनुपर्छ , ब्यबस्था ( ब्यबस्थापन हर कुरा को नियम संगत , समय सापेक्ष ) किन चुस्त हुनुपर्छ , बिकास गर्ने भनेको के हो ( समय को माग अनुसार गर्नैपर्ने परिवर्तन ) यी सब कुरा को ज्ञान छर्दै छ यो फोहोर ले ! एउटै घर बाट चार सय पचास रुपैयाँ शुल्क लिन्छ फोहोर ब्यबस्थापन गर्ने नेप्सेम्याक ले , यसरी फोहोर ब्यबस्थापन गर्न कति कम्पनी छन , कति शुल्क लिन्छन , कसरी फोहोर उठाउने गरेका छन ।

 

त्यो बापत माहानगरपालिका लाई के दिन्छन यी त आम जनता लाई थाहा नै छैन , बस महिना मा शुल्क तिर्छन , लिन आएपछि गाडी मा फोहोर को पोका हाल्छन नआएपछि सज्जन ले घरमै जम्मा पारेर राख्छन अ्मानबिय सोच भएका ले गाडी मा राखेर खोला सम्म लगेर फाल्छन , कसैले सडक मा कसैले खुला चौर मा यसरी नै चलेको छ फोहोर को फोहोरी धन्दा चाहे आम जनता हुन् या माननिय ज्यु , प्रम ज्यू र राष्ट्रपति ज्यू हुन् । गएका मेयर ले धेरै जसो समय विदेश सयर गरेर बिताय , मन्त्री ज्यू हरु , सांसद ज्यू हरु पनि बारम्बार सयर गर्नुभो , त्यतिमात्र हैन संघीय राज्य तर आवास भैँसीपाटी चाहिने सङ्घीय मन्त्री र सांसद ले समेत विदेश सयर गरे होला , सभा सम्मेलन सेमिनार मा भाग लिए पनि तर फोहोर लाई कसरी मोहोर बनाउने ? मोहोर बनाउने कुरा त यिनिहरुको दिमाग ले सोच्न सकेननै बरु फोहोर संग फोहोरी राजनिती गर्नेबारे सोचेहोला नकी फोहोर ब्यबस्थापन कसरी गर्ने ।

 

आसपास का वडा ,नगरपालिका , उपनगरपालिका ,काठमााण्डौ मानपा का बत्तिस वडा , काठमाडौ महानगरपालिका , काठमााण्डौ का दश निर्बाचन क्षेत्र र केन्द्रीय सत्ता संग जोडिने गरेर सयौ व्यक्ति छन यहाँ र पनि फोहोर को जिम्मा मानपा का मेयर ले मात्र लिनुपर्ने यो कस्तो बिकास ? होला फोहोर उठाउने जिम्मा मेयर को तर ब्यबस्थापन गर्ने जिम्म्मा वडाध्यक्ष लगायत को होइन ? ब्यबस्थापन गर्न मा ति निर्बाचन क्षेत्र का माननिय ज्यू को होइन ? केन्द्रीय राज्य को होइन ? उठाउने जिम्मा नहोला तर ब्यबस्थापन को लागी नयाँ प्रविधि , खर्च , नियन्त्रण गर्ने जिम्मा लिनुपर्दैन ? अमेरिका , सिंगापुर र स्विजरल्याण्ड झै बिकास गर्छु भन्ने ले देशको राजधानी रहेको शहर लाई सफा र स्वास्थ पार्छु भन्ने ज्ञान लिनुपर्दैन ? देश संघीयता मा गैसकेपछी बिकेन्द्रीकरण हुनुपर्नेमा मुख्यमन्त्री को लागी केन्द्र मा सामुहिक बङला बनाउने ले एउटै शहर लाई सफा र स्वच्छ राख्ने बारे सोच्नुपर्दैन ?

 

 

अरु देशमा कसरी फोहोर ब्यबस्थापन गरिएका छन त्यसलाई अबलम्बन गरेर हामी पनि समय अनुसार ब्यबबस्थित हुनुपर्दैन ? के जनप्रतिनिधि को चासो , चलायमान चुनाब नजिकिँदै गर्दा मात्र हुने हो ? के माननिय ज्यु को काम सलाम खाने , रातो कार्पेट मा उभिने र तलबभत्ता को लागी हाजिर गरेर कुलेलाम ठोक्ने अनि भवन भित्र बसिहाले निदाउने काम मात्र हो ? कमसेकम फोहोर उत्पादन कम गर्न जोड दिउँ , उत्पादित लाइ पनि कतिसम्म सकिन्छ घर मा तह लगाउ , अनि फालौ ! अल्पकाल मा जहाँ ब्यबस्थापन गरेकोछ ठीक छ तर दिर्घकाल को लागी राम्रो र बहुआयामिक ब्यबस्था गरौं भनेर सबै एक भएर सोच्नुपर्दैन !

 

जहाँ बिसर्जन गरिरहेको छ त्यसको क्षमता कति , कति वर्षसम्म धान्छ , त्यहाँ को लागी पुर्वाधार के के तयार गर्नुपर्छ सोच्नपर्दैन ! अहिले जहाँ बिसर्जन गरिरहेको छ त्यहाँ सम्म पुग्न सडक चाहिन्छ तसर्थ सडक नाली सहितको कालोपत्रे हुनैपर्छ फोहोर का गाडी सहज रुपले सञ्चालन हुन् र स्थानिय लाइ पनि अवरोध नहोस् यसर्थ की सञ्चालन भै रहेको लाई स्तरोन्नति गर्नुपर्यो की वैकल्पिक सडक यथासिघ्र ब्यबस्था गर्नैपर्छ । दोस्रो त्यहाँ उपलब्ध पानिको स्रोत लाई प्रयोग गरेर अथवा पानी संकलन गरेर फोहोर लिएर जाने गाडी सफा गरेर जानैपर्छ । तेश्रो र महत्त्वपूर्ण कुरा फोहोर कै कारण सिसडोल बासिमा देखिने स्वास्थ समस्या बिना सर्त निशुल्क उपचार गर्नैपर्छ । यी बाहेक माहानगर लाई गुनलाए बापत मानबिय हिसाब र नागरिक को हिसाब ले घरको एक जनालाई रोजगारी दिनुपर्छ , फोहोर ब्यबस्थापनकै शिलशिलामा गाडी चालक , पैसा उठाउने , सडक सफा गर्ने कर्मचारी , शैक्षिक स्तर र कार्य क्षमता अनुरुप कुन काम मा लगाउन सकिन्छ त्यसमा रोजगारी दिनुपर्छ ।

 

बाँकी कुरा भनेको त्यहाँ को जनप्रतिनिधि र राज्य को दायित्व हो , दुर्गन्ध रहित स्वच्छ शहर र समस्या रहित स्वास्थ सिसडोलबासी यो नै बिकास हो यो नै समयको आदेश अन्यथा कुरूप शहर देखाउने अनि फोहोर माथी पनि राजनिती गरेर एक जिल्ला को जनता अर्को जिल्ला को जनता संग जुधाउनु ! खेदजनक छ ।