२०८१ आश्विन १२ , शनिवार

माटोको ढिस्काले पुरिएर दुई दाजु भाइको मृत्यु

सुनाखरी न्युज/ रोल्पा  –

रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको ज्यान गएको छ ।

परिवर्तन गाउँपालिका–५ दाउन्ने भिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

 

प्रहरीका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दुई दाजु भाइको मृत्यु भएको हो ।