२०८१ मंसिर ७ , शुक्रवार

चुनावमा घरघरमा मतपत्र पुर्‍याउन सकिन्छ तर विद्यार्थीलाई किताब दिन किन सक्दैनौं : सांसद चौधरी

सुनाखरी न्युज/ काठमाडौं –

प्रतिनिधि सभाको आइतबारको बैठकको समयमा नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले चुनावमा टोल टोलमा मतपत्र पुर्‍याउन सकिने, तर विद्यार्थीलाई किताब पुर्‍याउन किन सक्दैनौं? भन्दै प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गरेकी छन्।

 

सांसद चौधरीले भनिन् ‘चुनावमा टोल टोलमा हामी मतपत्र पुर्‍याउन सक्ने, पत्रिका घरघरसम्म पुर्‍याउन सकिने, तर नियमित कार्यक्रम विद्यार्थीलाई किताब पुर्‍याउन सकेनौं।’ उनले प्रश्न गर्दै भनिन् ‘राज्यको प्राथमिकतामा विद्यालय किन परेन?‘हामीले जुन विद्यालयमा भविष्य देख्न सक्दैनौं ।

 

जनताका छोराछोरीलाई जान कसरी भन्ने ? विद्यालय कजेल राजनीतिक थलो बनेको छ।त्रिविमा तालाबन्दी भएको कतिभयो, यो हरिबिजोगको अन्त्य कहिले हुन्छ?’