२०८१ मंसिर १२ , बुधवार

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजा बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजा बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदानगरिने सेवाहरुमाविशेष छुट प्रदानगर्ने समझदारी भएको छ।

 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो होटेलबाट सेवालिएवापतकुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷ क्रेडिट कार्ड वा मोबाइल बैंकिंग बाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा१५% छुट प्राप्तगर्न सकिनेछ।

 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टर बाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामीदिनहरुमाअझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमता लाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।