२०८१ आश्विन १२ , शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ महोत्तरी –

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।