२०८१ आश्विन १२ , शनिवार

माछा मार्दै पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

सुनाखरी न्युज/ तनहुँ –

भानु नगरपालिका-२ र ५ को सिमानामा पर्ने चुदी खोलामा डुबेर भानु नगरपालिका-२ मोहरियाटार बस्ने ३५ वर्षीय धन बहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङको आइतबार साँझ मृत्यु भएको छ ।

 

खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।