२०८१ आश्विन १२ , शनिवार

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा, अर्को पेशी असार ५ गते

सुनाखरी न्युज/ काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा राखिएको छ । सोमबार (आज) कायममुकाय प्रधानन्यायाधीश दीपक कुमार कार्की र कुमार चुँडालको संयुक्त ईजलासले उक्त मुद्दामा असार ५ गते अर्कोे सुनुवाईको मिति तोकेको हो ।

 

रिट निवेदकका तर्फबाट सोमबार सुरुवाती बहस अधिवक्ता मेघराज पोखरेलले गर्नुभएको थियो । ईजलासमा रिट निवेदक र विपक्षीका कानून व्यवसायीहरुले थप समय माग गरेपछि ईजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि अर्को सुनुवाईको मिति तोकेको हो । यस अघि इजलासमा अवकास भइसकेका ३ जना डीआईजी ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिटमाथि सुनुवाई सकिइसकेको छ । गत जेठ १७ गते न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त ईजलासले एआईजी बढुवाको मुद्दा तामेल नै नभएको भन्दै एउटै प्रकृतिको मुद्धा सँगै राखेर सुनुवाई गर्न सोमबारका लागि पेशी तोकेको थियो ।

 

यस अघि गत बैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै जेठ १७ देखि पूर्ण सुनुवाई गर्ने निर्णय गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले बरियता मिचेर आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।