सुनाखरी न्युज/ पोखरा । पोखराको अम्मरसिंह खेल मैदानमा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत अम्मरसिंह र बाराही मावि छात्रतर्फ फाइनलमा पुगेका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा अम्मरसिंह माविले भद्रकाली माविमाथि ५८ नको फकाकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिला व्याटिङ गरेको अमरसिंहले १०५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा अम्मरसिंहका अशेष न्यौपानेले ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । जितका लागि १ सय ६ रन पछ्याएको भद्रकाली ४८ रनमै समेटिन पुगेको थियो । भद्रकालीका सन्तोष तामाङ्गले १३ रन जोेडे । खेलमा अम्मरसिंहका अशेष न्यौपाने म्यान अफ द म्याच भए ।
अर्को सेमिफाइनलमा बाराहीले सिद्ध माविलाई २५ रनले पराजित गरेको थियो । पहिला व्याटिङ्ग गरेको बाराहीले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २३ रन बनायो । बाराहीका मनोज कार्कीले ३६ रन बनाए । सिद्धको वलिङमा विवेक गुरुङ्गले ३ विकेट लिए । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको सिद्धको पारी ९९ रनमा समेटिएको थियो । सिद्धको तर्पmबाट अर्जुन शाहीले २६ रन जोेडे । बाराहीका बलर अशोक रेग्मीले महत्वपूर्ण ४ विकेट लिए । खेलमा बाराहीका मनोज म्यान अफ द म्याच चुनिए ।