२०८१ आश्विन १२ , शनिवार

सरकारी कार्यालयहरुमा भोलिदेखि पुरानै समय र विदा कायम हुँदै

सुनाखरी न्युज/ काठमाडौ । भोलीदेखि सरकारी कार्यालयहरुको कार्यालय समय पुन: १० देखि ५ बजेसम्म कायम हुने भएको छ ।

 

गृहमन्त्रालयले एक विज्ञाप्ति मार्फत असार १ गतेबाट साताको दुई दिन विदा हटाएसँगै कार्यालय समय पुनः १० देखि ५ बजेसम्म गरिएको जानकारी गराएको छ । जेठ महिनाभर परिक्षणको रुपमा साताको दुई दिने विदा लागु गरिंदा कार्यालय समय विहान ९.३० देखि ५.३० सम्म कायम गरिएको थियो ।

 

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि पुनः पुरानै कार्यालय समय कायम गरिएको हो ।