२०८१ आश्विन १२ , शनिवार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सुरक्षा गार्डसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री ओलीले बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेको आरोपमा उहाँलाई प्रहरीले नियन्त्रण लिएको हो । वलीलाई अहिले तुल्सीपुर इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । “मेरो एकराज खोई ?” भन्दै वली एकराजको घरमा जाँदा एकराज बस्नेत भने घरमा नरहेको बताइएको छ ।

 

गत वर्षको भदौमा बिमला वलीले आफ्नो फेसबुक स्टोरीमा पूर्व माओवादी लडाकु एकराजसँगको अन्तरङ फोटो पोष्ट गरेपछि दुई जनाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । बिमलाका श्रीमान उत्तर कुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।