२०८१ आश्विन १२ , शनिवार

शान्ति समाजद्वारा ५ जिल्लामा रक्तदान कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौ । विश्व रक्तदाता दिवस १४ जुन ( ३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ५ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

२०७९ जेठ ३१ गते शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउत सहित ३३ जनाले र शान्ति समाज काठमाण्डौ शाखाले बौद्धमा आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गर्नुभएको थियो । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही ,सचिव दिपक गौतम सहित २१ जनाले रक्तदान गर्नुभएको थियो ।

 

जेठ ३१ गते नै शान्ति समाज रुपन्देहीको आयोजनामा वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल,शाखा उपसभापति कृष्ण भट्टराई सहित २० जनाले रक्तदान गर्नुभएको थियो । यसै गरी शान्ति समाज दाङ शाखाद्वारा तुलसिपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गर्नु भएको थियो । त्यसक्रममा शान्ति समाजका आजिवन सदस्य हेमेन्द्र खड्काले २० औ पटक रक्तदान गर्नु भएको थियो ।