२०८१ आश्विन १२ , शनिवार

ड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

सुनाखरी न्युज/ पोखरा । खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल पोखरा १७ मा रहेको ड्याम साईड क्लबले सल्लाहकार चयन तथा छलफल गरेको छ ।

 

मंगलबार आयोजित एक कार्यक्रममा अधिवक्ता केशवराज वराल, इञ्जिनियर किसान सिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरेका थिए ।

 

सो अवसरमा क्लबले ड्याम साईड क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई निरन्तरता दिदैं महानगरपालिका र प्रदेश सरकारसंग मिलेर काम गर्ने आगामी योजना रहेको अध्यक्ष प्रताप गुरुङले वताए । क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद वराल र कार्यक्रम संचालन महासचिव राकेश श्रेष्ठले गरेका थिए ।