२०८१ आश्विन १२ , शनिवार

प्रतिनिधिसभामा उठ्यो एसपिपी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

 

आजको बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै यसबारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो । उहाँले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गर्नुभयो ।

 

साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गर्नुभयो । नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असार पार्ने कार्य नगर्न उहाँले आग्रह गर्नुभयो ।