२०८१ पुष १४ , आइतवार

तनहुँ मासु व्यवसायी समिति, दमौलीमा बैंक अफ काठमाण्डूको QR Code सेवा औपचारिक शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार QR Code विस्तारित गर्नेक्रममा श्री तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी QR Code सेवाको एक औपचारीक कार्यक्रमका बिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट सम्यूक्त रुपमा समुद्घाटन भएको हो ।

श्री तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ । उक्त औपचारिक शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाहीले यस समितिद्वारा संचालित पसलहरुमा त्तच् ऋयमभ सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यबाद ज्ञापन गर्नुभयो । साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई ब्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा उक्त समितिले लिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै, स्थानीय स्तरका व्यवसायी समितिहरु संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिनुभयो ।

 

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिर परिसर, श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, श्री पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले महानुभावहरुले उक्त स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नुहुनेछ ।

 

साथै बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरुमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहक महानुभावहरुले बैंकको वेवसाइट मार्फत उक्त छुटबारे जानकारी लिन सक्नुहुनेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।