सुनाखरी न्युज/ काठमाडौं –
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलप्ट काठमाण्डौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदानगर्ने गरि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्गप्रयोगकर्ताहरु, सम्पूर्णग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलप्ट काठमाण्डौं, ठमेलको Nook, WXYZ/Re:Fuelरिेष्टुरेन्टमा१० प्रतिशतछुट प्रदानगर्ने गरी सम्झौताभएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखबजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवनराज भण्डारी हस्ताक्षर गर्नुभयो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।