२०८१ आश्विन १९ , शनिवार

इलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२ घर भई ललितपुर बालकुमारी बस्ने १९ वर्षीय अंकित भुजेल, धादिङ थाक्रे गाउँपालिका-७ घर भई ललितपुर च्यासल बस्ने २४ वर्षीय सरोज खतिवडा, धादिङ थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय बिजय थापा, काभ्रे मण्डनदेउपुर नगरपालिका-१२ घर भई ललितपुर बालकुमारी बस्ने ४० वर्षीय बिनोद शाही, भारत बिहार मोतिहारी आदारपुर थाना घर भई धादिङ धुनिबेसी नगरपालिका-६ बस्ने ३२ वर्षीय किशोर कुमार साह र धादिङ गल्छी गाउँपालिका-७ घर भएका २६ वर्षीय राम पण्डित रहेका छन् ।

 

उक्त गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका व्यक्तिहरुले गोदामको चाबी मिलाई सामानहरू चोरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्रीगरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरुबाट २० थान टिभि, ५सेट एयर कण्डिस्नर, २ कार्टुन सिलिङ पङ्खा, ३ थान टेबल पङ्खा, २ कार्टुन उफर, १ थान वासिङ मेशिन र १ थान ग्याँस चुलो प्रहरीले बरामद गरेको छ ।

 

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । विगतका वर्षहरुमा र्झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस वर्ष ९० प्रतिशत छुटका साथै नेपाल सरकारले आ.व. २०७९/०८० को बजेटमा व्यवसाथ कर छुटको व्यवस्था भए अनुसार काठमाडौं महानगरपालिकाबाट लगाइने व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई यस उद्योगको जर्गेना गरिदिन संघले अनुरोध गरेको हो ।