२०८१ आश्विन १२ , शनिवार

पोखरीमा डुबेर एकको मृत्यु

सुनाखरी न्युज/ सिरहा-

नरहा गाउँपालिका-३ खोरिया बस्ने अखबर देवकी छोरी १० वर्षीया गुडिया खातुन सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

 

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।