सुनाखरी न्युज/ काठमाडौं । चांगनअटो मोबाइल सदैब समाजप्रतिको बिबिध उत्तरदायित्व लाई परिपूर्ण पार्न अग्रसर रहेको छ । हालसालै चांगन अटोल,ट्याब्लेट बितरण गरि डिजिटल शिक्षालाई प्रबर्धन गर्ने पहलमा आफ्नो सहभागिता जनाएको छ ।
समाजिक उत्तरदायित्व र के फाउन्डेसन सँगको भेइकल पार्टनर को सहकार्यलाई निरन्तरता दिएको छ । यस अघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको एक बिद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । श्री देबिष्वर बिद्यालयमा आवश्यक विद्यार्थी समाग्रीलिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरिएको थियो । चांगनअटो र के फाउन्डेसनको पहिलो सहकार्य फलदायी रहेको थियो ।
के फाउन्डेसन र साथसाथै नेपालका महानायक राजेश हमालद्वारा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ८ मा पञ्चकन्या बिद्यालय र सर्वसुधा बिद्यालयमा पाँच पाँच वटा ट्याब्लेट प्रदान गरिएको थियो । आउने दिनहरुमापनि यो सहकार्य निरन्तर रहने कम्पनीले जनाएको छ ।