२०८१ पुष २२ , सोमवार

दुबईबाट नेपाल आएका एक ब्यक्तिमा मंकीपक्स भाइरस संक्रमणको आशंका

सुनाखरी न्युज/ काठमाडौं –

नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला परेका छन्। दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

 

पहिलो पटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ। मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो।