२०८१ मंसिर ९ , आइतवार

एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

सुनाखरी न्युज / काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी०मा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन ।

अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउन सक्ने भन्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन्। शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ ।