२०८१ आश्विन ६ , आइतवार

करेन्ट लागेर एकको मृत्यु

सुनाखरी न्युज/ चितवन-

रत्ननगर नगरपालिका-५ सोडिन टोल बस्ने ३५ वर्षीय अक्लेश चौधरीको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ ।

 

 

करेन्ट लागेर बछौली नहरमा खस्दा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।