२०८१ मंसिर १३ , बिहिवार

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण

सुनाखरी न्युज/ काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।

नेपाली सेनाको उक्त हेलिकोप्टर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा इन्धन भर्नका लागि अवतरण भएको विमानस्थलका सुरक्षा स्रोतले जानकारी दिए । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

 

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।