२०८१ आश्विन १२ , शनिवार

धादिङको धार्केमा रासायनिक मल बोकेका ट्रक स्थानीय किसानले लुटे

सुनाखरी न्युज/ धादिङ । धादिङको धार्केमा किसानहरुले रासायनिक मल बोकेको ट्रकबाट मल लुटेका छन । काठमाडौँतर्फ आउँदै गरेका २ वटा ट्रकहरुबाट किसानहरुले मल लुटेका हुन ।

 

करिब ५ सय ३० बोरा रासायनिक मलमध्ये सबैजसो मलका बोरा लुटिएको जनाईएको छ । दुबै ट्रकमा युरिया र डीएपी मल रहेको प्रहरीले जनाएको छ । स्थानीय किसानहरुले २ वटा ट्रकबाट मल निकाल्न लाग्दा प्रहरीसँग झडप भएको थियो । तर सयौँ किसानहरुले प्रहरीको रोकावटको बाबजूद पनि मल निकालेका थिए ।

 

मल बोकेका दुबै ट्रक अहिले प्रहरी चौकीमा राखिएको छ। किसानहरुले खेती गर्ने समयमा मलको अभाव भएपछि मलको जोहो गर्न नसक्दा समस्या भोगिरहेका थिए । नेपाल टेलिभिजन